काञ्जिरोवा स्कुल ग्रिनिज बुक रेकर्डमा !
नव वर्ष २०२३ को विहानी पखदेखि नै काञ्जिरोवा नेशनल स्कुलमा मेला लागेको छ । आज स्कुल प्रागंणमा ग्रिनिज बुक अफ रेर्कडमा रेकर्ड कायम गरेको जस्तो लागेको छ । विभिन्न रंगिचङी पहिरहनमा सजिएर करीव सातसय पचास वालवालिकाको चहलपहल देखिन्छ । नियमित पठन पाठन हुने कक्षा कोठामा व्युटिसियनहरु देखिन्छन् । शिक्षकहरु कस्मेटिक इभेन्टको तयारी गरिरहेका देखिन्छन् ।
ती सजिएका वालवालिकाहरुलाई कोटेश्वरमा अवस्थित काञ्जिरोवा स्कुलको करीव २५, ३० वटा गाडीले तीन पटक गरेर हुईकान्छ । ती वालवालिकाहरु काठमाण्डौंमा अवस्थित प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको भव्य अभिभावक दिवसमा उत्रन्छन् । ती व्युटिसियन वालवालिकाहरुलाई काञ्जिरोवा स्कुलको व्यानरले सजिएको अभिभावक दिवस सभाले स्वागत गर्दछ । यो सभा हल देख्दा ती वालवालिकाहरु रोमान्चित हुन्छन् , उत्साहित हुन्छन् । बालबालिकाहरुको प्रस्तुति हेर्दा प्रोफेसनल कलाकारहरु हुन् भन्ने अनूभुति हुन्छ ।
नयाँ वर्षका दिन काञ्जिरोवामा देखिएको दृश्याङ्न अभिभाबक दिवसको पूर्व तयारी रहेछ । काञ्जिरोवा नेशनल स्कुलको स्थापनाकोे २५औं वर्षमा मनाएको अभिभाबक दिवस भव्य सभ्य रुपमा सफल भएको छ । यस विद्यालयवाट करीव ५० हजार विद्यार्थीहरु उत्पादन भईसकको छ । ती विद्यार्थीहरु आजका दिनमा स्वदेश तथा विदेशमा विभिन्न क श्रेणीका सेवामा निरन्तर क्रियाशिल भएर काम गरिरहेका छन् भन्ने भाव काञ्जिरोवा स्कुलका सिइओ महेन्द्र खनालले आफ्नो मन्तव्यमा भन्नु भएको थियो ।
विविध
काञ्जिरोवा स्कुल ग्रिनिज बुक रेकर्डमा !




0 Comments